दफा ११
अनुमतिपत्र लिनु पर्ने
: (१) खोप सेवा सञ्चालन गर्न चाहने निजी, गैरसरकारी, सामुदायिक अस्पताल वा स्वास्थ्य संस्थाले तोकिएको निकायबाट तोकिए बमोजिम अनुमतिपत्र लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम खोप सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त अस्पताल वा स्वास्थ्य संस्थाले आफूले सञ्चालन गरेको खोप सेवाको प्रतिवेदन तोकिएको निकाय वा स्वास्थ्य संस्थामा नियमित रुपले पेश गर्नु पर्नेछ ।